मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित | Khabarhub Khabarhub

मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बेटिसको मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

खेलको ३८औँ मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५७औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् । खेलको ६८ औँ मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो ।

७५औँ मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ८७औँ मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

जितसँगै बार्सिलोना ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बेटिस ३० अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : ३९ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री