तास खेल्दै गरेको अवस्थामा सात जना पक्राउ « Khabarhub

तास खेल्दै गरेको अवस्थामा सात जना पक्राउ


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल, ३८ वर्षीय लोकनाथ गिरी, ५७ वर्षीय कृष्ण थकाली र ५१ वर्षीय भक्तबहादुर दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

तास खेल्नेहरुको साथबाट रु ३५ हजार ९६० नेपाली र १७ हजार १३० भारतीय रुपैयाँसहित चार बुक ताससमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई १० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : १० बजे

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल