एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित « Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे ।

मार्सेलीको मैदानमा नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो ।

मार्सेलीविरुद्धको जितसंगै पीएसजीले शीर्ष स्थानको लिलसँगको अंक दूरी कम गर्न सफल भएको छ ।

पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । तेस्रो स्थानको पीएसजी लिल भन्दा ३ अंकले पछि रहेको छ ।

लिल ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मार्सेली ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : ४० बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको