इरानमाथिको प्रतिबन्ध तत्काल फुकुवा हुँदैनः जो बाइडेन | Khabarhub Khabarhub

इरानमाथिको प्रतिबन्ध तत्काल फुकुवा हुँदैनः जो बाइडेन


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् ।

सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसारका शर्त स्वीकार नगरेसम्म इरानमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा नहुने राष्ट्रपति बाइडेनले स्पष्ट पारेका हुन् । सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा बाइडेनले इरान नीतिमा तत्काल कुनै परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

तर इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भने अमेरिकीले सबै प्रकारका आर्थिक प्रतिबन्ध फुकुवा गरेपछि मात्रै इरान सन् २०१५ को सम्झौतामा फर्किन सक्ने बताएका छन् ।

सन् २०१५ मा भएको सम्झौतामा इरानको परमाणु कार्यक्रम सीमित गर्ने र त्यसको बदलामा उसमाथिको प्रतिबन्ध फुकुवा हुने उल्लेख छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सो सम्झौताबाट सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए ।

उनले इरानमाथि पुनः प्रतिबन्ध लगाए र इरानले आफ्नो परमाणु कार्यक्रमलाई बढावा दिएको थियो । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउँदै आएको छ ।

बाइडेनले अन्तर्वार्ताको क्रममा चीनसँगको सम्बन्धबारे पनि बोलेका छन् । उनले चीनसँगको तनावको कुनै अर्थ नरहेको तर दुई देशबिच तीव्र प्रतिस्पर्धा भने रहेको र रहनु पर्ने बताए ।

बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाले यता चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सीधा कुराकानी गरेका छैनन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : १७ बजे

राष्ट्रिय फुटबल खेलाडी अमिषा कार्की सम्मानित

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई एसएस

महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्तीका अवसरमा

हात्तीको आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

रौतहट– जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११

सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी

भरतपुर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–२२ अम्रेलास्ट्रिट नजिकै गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा