दक्षिण अफ्रिकामा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउन रोक « Khabarhub

दक्षिण अफ्रिकामा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउन रोक


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाले अक्सफोर्ड-आस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ ।

कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा प्रभावकारी नभएपछि त्यसको प्रयोग रोकिएको दक्षिण अफ्रिका सरकारले जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ।

अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड-१९ का हल्का तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ ।

दुई हजार हाराहारी मानिस सम्मिलित एउटा अध्ययनले सो खोपको प्रभावकारिता नभएको पुष्टि गरेको जनाइएको छ ।

दक्षिण अफ्रिकाले अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको थियो । आगामी सातादेखि खोप अभियान थाल्ने तयारी भइरहेका बेला प्रभावकारितामा प्रश्न उठाउँदै खोप लगाउन नै रोक लगाइएको हो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै