आस्था लेख्छिन्,‘एकअर्काको खुट्टा नतान’ « Khabarhub

आस्था लेख्छिन्,‘एकअर्काको खुट्टा नतान’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका आस्था राउत बोल्नमा प्रष्टवक्ता मानिन्छिन् । आफ्नो मनमा लागेका कुरा अथवा चित्त नबुझेका कुरा निर्धक्कका साथ राख्दछिन् । यही कारण उनी समय समयमा विवाद र चर्चामा आउछिन् ।

वर्षदिन अघि सिक्किम जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि गरेको व्यवहार प्रति असन्तुष्टि जनाउदै फेसबुक लाइभ गरेपछि उनी विवादमा तानिएकी थिइन् । यही कारणले उनलाई प्रहरीले पक्राउ पनि गरेको थियो । तर महिला प्रहरी र गायिका राउतबीच सहमतिपछि उनी रिहा भएकी थिइन् ।

यिनै आस्थाले मिडियाप्रति लक्षित गर्दै एक स्टाटस लेखेकी छन् । खास गरी मिडियाले सेलिब्रेटीको विवाह अघि लेख्ने समाचारको शीर्षकप्रति उनको स्टाटस लक्षित छ ।

‘आई डन्ट एप्रिसियट न्यूज लाइक लगन जुर्यो रे, के रे, के रे । जब सम्म मिडियालाई आधिकारिक इन्फरमेसन आउँदैन र जबसम्म म नै भन्दिन प्लिज यस्तो हावा न्यूज सर्कुलेट नगर्दिनु होला । मिडियाको लाइमलाइट मलाई घाटीसम्म पुगिसकेको हो पहिल्यै । म पहिला जस्तो सो कल्ड फ्रिडम अफ स्पिच छ भन्दैमा बोल्न मन लाग्न छोडिसक्यो । किन कि म सत्य बोल्छु र मेरो सत्य धेरैलाई पच्दैन रहेछ । मेरो शुभचिन्तकहरु भन्दा पनि मलाई र मेरो राम्रो देख्न नसक्नेको जमात धेरै रहेछ । जबकि म सँधै सहयोगी भावना राख्ने ठूलोलाई सम्मान सानोलाई माया गर्ने मान्छे हो । ठिकै छ । समयले कसैलाई पनि छोड्दैन । म त अहिल्ये एकदम नै खुशी छु । फ्रिलान्सर भएर काम सुरु गर्न पाको छु । कोभिडको तनावबाट बिस्तारी निस्किदै छु । सिक्किममा छु । शो बबाल भयो एण्ड एम ह्याप्पी फर माइसेल्फ । जुनको बाटो जुन हिड्ने हो घामको बाटो धाम । प्लिज एकअर्काको खुट्टा नतान । बरु सबै मिलेर आउ देश बनाम । सबै नेपाली जाति नेपाली भाषी हामी सबैको जय होस ।’ उनले लेखेकी छन् ।

आस्था टेलिभिजन शो ‘द भ्वाइस अफ नेपाल’को निर्णायक रहँदा उनको गतिविधिले चर्चामा ल्याएको थियो । उनको छिटै रुने बानीले दर्शकमाझ उनलाई रुन्ची गायिकाको छाप छोडेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ५१ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम