प्रधानमन्त्रीको पक्षका वकिलले धेरै समय लिएपछि रिसाए प्रधानन्यायाधीश जबरा « Khabarhub

प्रधानमन्त्रीको पक्षका वकिलले धेरै समय लिएपछि रिसाए प्रधानन्यायाधीश जबरा


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधसभा विघटनविरूद्धको रिटमा आज पनि सुनुवाइ जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आजको बहस सुरू गरेका ईश्वरी भट्टराईले आधा घण्टाभन्दा धेरै समय लिएपछि प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरा रिसाएका छन् ।

छिटो फैसला दिने उद्देश्यसहित माघ ३० भित्र बहस सक्न सरकारी पक्षलाई आग्रह गरेका जबराले १५ मिनेटको समय छुट्याएका छन् ।

तर, ३१ मिनेटमा पनि अधिवक्ता भट्टराईले बहस नसकेपछि उनले रिसाउँदै ‘हाम्रो बाध्यता बुझ्नु हुँदैन’ भन्दै प्रश्न गरेका छन् । साढे ११ मा बहस सुरु गरेका भट्टराईले ३१ मिनेटभन्दा बढी समय लिएपछि  प्रधानन्यायाधीश जबराले भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईँको समय धेरै गइसक्यो जानुहोस् । अब छोडिदिनुहोस् न ।’

यसअघि आइतबार महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न  सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस थालेका छन् ।  विघटनको पक्षमा सरकारका तर्फबाट डेढ सय बढी निजी वकिलले बहस गर्नेछन् ।

१३ निवेदकका पक्षबाट ७२ कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरूद्धको रिटको सुनुवाइ गरिरहेको छ ।

 

 

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ५६ बजे

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा