नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुल्यो « Khabarhub

नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुल्यो


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुलेको छ । फाइभजी सेवा विस्तारका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएपछि सेवा विस्तारको बाटो खुलेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिका लागि चाहिने फ्रिक्वेन्सी पारित गरेको हो । प्राधिकरणको बैठकले उक्त निर्णय पास गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

प्राधिकरणले यसअघि फाइभजीको फ्रिक्वेन्सी अध्ययन गर्न राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन समिति समेत गठन गरेको थियो । समितिले दिएको सिफारिसका आधारमा प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।

अब प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गर्ने र समितिले फ्रिक्वेन्सी तोक्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : ०९ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले