बुधबारदेखि फेरि पश्चिमी वायु प्रवेश गर्ने « Khabarhub

बुधबारदेखि फेरि पश्चिमी वायु प्रवेश गर्ने


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।

मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ ।

राजधानी काठमाडौँसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि मङ्गलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम दुई दशमलव पाँच र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ४ : ०६ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म