भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता « Khabarhub

भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऋषिकेश– भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।

आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए ।

उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए ।

बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ ।

“यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,” मुख्यमन्त्री रावतले भने ।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए ।

उनले भने, “झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।”

धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् ।

सामाजिक संजालमा धेरै व्यक्तिले घटनाको प्रत्यक्ष भिडियोहरु पोस्ट गरेका छन् । साँघुरो उपत्यकाबाट तिब्र गतिमा पानी तलतिर बगेका भयानक दृश्यहरु देखिएका छन् ।

विद्युतगृहको सुरुङ (टनेल) भित्र कार्यरत एक जना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरु सुरुङको ३०० मिटर भित्र रहेको बताउँदै एकाएक बाहिर निस्कन सबैलाई चेतावनी दिइएको स्मरण गरे ।

“हामी सबै दौडियौं तर पानी जोडले भित्र पस्न थाल्यो । यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो । हामीलाई बाहिर निस्कन सकौंला भन्ने लागेकै थिएन ।”

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् ।

सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो ।

वातावरणसम्बन्धी कार्य गर्ने गैसस स्वेच्छाका संस्थापक विमलेन्द्र झाले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभावी भइरहेका सडक, रेलवे र विद्युतगृह निर्माणले झन समस्या निम्त्याएको बताए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : १६ बजे

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले

अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री

चेन्नई- तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ