नेपाल–फ्रान्सबीच द्विपक्षीय हितका विषयमा छलफल « Khabarhub

नेपाल–फ्रान्सबीच द्विपक्षीय हितका विषयमा छलफल


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रुपमा आज सम्पन्न भएको छ ।

संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको  फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो ।

बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड–१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : ०८ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको