कोरोनाले विदेशमा हालसम्म ३ सय ३३ नेपालीको मृत्यु « Khabarhub

कोरोनाले विदेशमा हालसम्म ३ सय ३३ नेपालीको मृत्यु


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरस -कोभिड १९ को संक्रमणबाट हालसम्म विदेशमा ३ सय ३३ नेपालीले ज्यान गुमाएका छन।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जना को संक्रमणका कारण निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने २ लाख ६६ हजार ८ सय १२ जना अर्थात ९८ दशमलव ५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

खोप कसले लगाउने कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ । मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ । खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन ।

ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी लगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् । १८ वर्ष भन्दा कम उमेरका लाई पनि खोप लगाउन सिफारिस गरिँदैन ।

खोप लगाएको ३ देखि ६ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको ४ हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्यो भन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरुलाईलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ जुन पहिलो मात्रामा लगाइएको छ ।

हाल बजारमा आएका खोपहरुको प्रभावकारिता, तिनका असर लगायतका बारेमा निक्र्यौल गरेरै भन्न नसकेपनि अनुमोदित सबै खोपहरु संक्रमणको विरुद्धमा ९० प्रतिशत माथि नै प्रभावकारी पाइएका छन् । जुन निकै सकारात्मक पक्ष हो ।

खोपका असरहरु कसरी थाहा पाउने ?

सबैभन्दा पहिले त खोप लगाउँदा आफ्नो शारीरिक स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गरेर उनीहरुकै प्रत्यक्ष निगरानीमा खोप लगाउनुपर्छ । तर खोप लगाइसकेपछि त्यसले आफ्नो शारीरिक स्वास्थ्य अनुकुल प्रतिक्रिया देखाउँछ कि विपरित भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।

खोप लगाइसकेपछि स्वासप्रश्वास प्रणालीमा समस्यामा देखियो,जस्तै घाँटी अठ्याएजस्तो अनुभव हुनु, श्वास फेर्दा छोटो भएजस्तै वा घ्यारघ्यार हुनु, खोकी लाग्नु, वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु, रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, लगायतका नकारात्मक प्रतिक्रिया देखिन सक्छन् ।

कसैकसैलाई जीउभरि फोका उठी चिलाउने तथा ओठ र अनुहार एवं घाँटी सुन्निने पनि हुन सक्छ । यी यस्ता समस्या देखिएमा आफूले परामर्ष गरिरहेको चिकित्सकसँग सल्लाह दिने र नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ ।

तर, यहाँ बुझनैपर्ने कुरा के हो, भनेजसरी कोरोनाका लक्षण र प्रभाव मानिस अनुसार फरक फरक हुन्छ त्यसैगरि खोपको असर पनि फरक हुन सक्छ । कसैलाई खोपले गम्भीर खाले समस्या देखिन सक्छ त कसैलाई सामान्य । यद्यपी हालसम्म खोप लगाएपछि गम्भीर असर परेको घटना पाइएको भने छैन ।

विशेषत खोप बजारमा ल्याई प्रयोगमा ल्याउनुपूर्व नै धेरै चरणमा क्लिनिकल परिक्षण गरिएको हुन्छ । जसले गर्दा डराइहाल्नुपर्ने हुन्न । खोपका असर सामान्य देखिएका छन् जुन सामान्य हो । तसर्थ ढुक्क भएर खोप लगाउन सकिन्छ । तर खोप लगाइसकेपछि एन्टीबडी बन्न ४ सातासम्मको समय लाग्ने भएकाले सो अवधिभर भने स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाउनै पर्छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ९ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज