साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण « Khabarhub

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना(सिन्ह्वा)- यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको स्थानीयहरूले बताएका हुन् ।

आक्रमणबाट भएका क्षतिका विवरणहरू प्राप्त भइनसकेको अरब क्षेत्रका प्रमुख टेलिभिजनहरूले बताएका छन् ।

इरानको निकट मानिने यमनी हुथी विद्रोहीले साउदी सहरहरूलाई लक्षित गरी आक्रमण बढाएपछि साउदी नेतृत्वले सानामा आक्रमण गरेको बताइएको छ ।

यमनमा सन् २०१४ पछि चलेको गृहयुद्धका कारण यमनमा पछिल्ला केही वर्षहरूमा सरकार र विद्रोही पक्षबीच परस्पर ठूला आक्रमणहरू हुने गरेका छन् ।

यमनी हुथी समूह इरानको सहयोगमा अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त राष्ट्रपति अब्द रब्बु मन्सुर हाडीको सरकारी संयन्त्रविरूद्ध सङ्घर्षरत छ ।

हुथी विद्रोहीले राजधानी सानालगायतका अन्य धेरै क्षेत्र आफ्नो कब्जामा लिएपछि साउदी अरब नेतृत्वको अरब गठबन्धनले सन् २०१५ देखि राष्ट्रपति हाडीको सरकारलाई सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ४० बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन