साविक नेकपा दाहाल-नेपाल समूहको आज स्थायी कमिटी बैठक « Khabarhub

साविक नेकपा दाहाल-नेपाल समूहको आज स्थायी कमिटी बैठक

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलामा आधिकारिक धारणा तय गर्ने


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो ।

बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।

सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा दाहाल-नेपाल पक्षले आजै आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको निर्णयपछि आफूहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै सोमबार आवश्यक निर्णय गर्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ०२ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती