साविक नेकपा दाहाल-नेपाल समूहको आज स्थायी कमिटी बैठक « Khabarhub

साविक नेकपा दाहाल-नेपाल समूहको आज स्थायी कमिटी बैठक

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलामा आधिकारिक धारणा तय गर्ने


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो ।

बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।

सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा दाहाल-नेपाल पक्षले आजै आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको निर्णयपछि आफूहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै सोमबार आवश्यक निर्णय गर्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ०२ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि