कतारमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उलङ्घन गर्ने ४९५ जना कारबाहीमा « Khabarhub

कतारमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उलङ्घन गर्ने ४९५ जना कारबाहीमा


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४९५ जनालाई कतार सरकारले कारबाही गरेको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ४७१ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ९ जनालाई गाडीमा अनुमति दिइएको भन्दा बढी मानिस राखेकोमा, ८ जनालाई एहतेराज एप प्रयोग नगरेकोमा र बाँकी ७ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।

कतारको कानून  १९९० को नम्बर १७ मा आधारित मन्त्रिपरिषद्को निर्णय अनुसार संक्रामक रोगहरू सम्बन्धी सक्षम अधिकारीहरूले धेरै व्यक्तिलाई कोभिड–१९ रोकथाम र सावधानीका उपायहरू उल्लंघन गरेको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जनता र उनीहरुलाई समाजमा कोरोना भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्नसमेत आग्रह गरेको छ ।

मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र कोभिड–१९ महामारीविरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्ने जस्ता सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : ५० बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन