महिलाविरूद्धको हिंसा अन्त्यका लागि एक हुन प्रधानमन्त्री ओलीको अपिल | Khabarhub Khabarhub

महिलाविरूद्धको हिंसा अन्त्यका लागि एक हुन प्रधानमन्त्री ओलीको अपिल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सबैलाई एक हुन अपिल गरेका छन् ।

१११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्दै महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न पनि आग्रह गरेका छन् ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको उनले दाबी गरेका छन् ।

ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

‘लैङ्गिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनको अधिकार सुनिश्चित गर्दै हामी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियान अघि बढाइरहेका छौ,’ प्रधानमन्त्रीले भनेका छन् ‘राष्ट्रको यस साझा अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक अपिल गर्दछु ।’

नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको प्रधानमन्त्रीको भनाइ छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला अधिकार स्थापित गर्न संघर्षको दिनका रुपमा ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : ०५ बजे

‘अचम्मै पो भो ! मनाङमा हिउँ नै परेन’

मनाङ-  हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली

वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो : शेखर कोइराला

कैलाली– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक

नेपाली पार्कर खेलाडी सुनारले लेखाए गिनिज बुकमा नाम

काठमाडौं– नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत

फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

पेरिस– फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको