पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ: मुख्यमन्त्री पौडेल « Khabarhub

पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ: मुख्यमन्त्री पौडेल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताएका छन् ।

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको उल्लेख गरे ।

“प्रत्येक वर्ष मार्च ८ गते विश्वभर लैङ्गिक समानता, महिला हकहित र अधिकारमा जोड दिँदै मनाउने गरिएको अन्तरराष्ट्रिय महिला दिवसको सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

यस वर्ष १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको छ । यसैका कारण राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखि सङ्घ, प्रदेश एवं स्थानीय सरकारसम्म महिलाको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको शुभकामना सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ “आधा हिस्सा जनसङ्ख्या आगटेका महिलाको नीति निर्माणको तहमा बलियो उपस्थिति भए तापनि संविधान र कानूनमा उल्लेखित प्रबन्धको व्यावहारिक कार्यान्वयनका लागि थप पहलकदमीको आवश्यकता छ ।

विगतदेखि नै जरा गाढेर बसेको पितृसत्तात्मक सोंच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउन सक्दछ ।

यसका लागि प्रदेश सरकार ठोस नीति र कार्यक्रमसहित अघि बढेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारको यस अभियानमा सम्पूर्ण महिला दिदीबहिनी एवं सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षासहित पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु”,

लैङ्गिक समानताका विषयमा अझै समस्या व्याप्त

वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङले महिला अधिकार र लैङ्गिक समानताका विषयमा अझै समस्या ब्याप्त रहेकामा चिन्ता व्यक्त गरेकी छिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक विभेद, बलात्कार र बेचबिखन जस्ता मानव सभ्यताकै कलङ्कबाट मुक्त हुन नसक्नु दुःखद् कुरा भएको उल्लेख गरिन् । सोही अवसरमा हेटौँडामा र्‍यालीसहित चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १२ : ०९ बजे

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर