राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष अझै बाँकी छ: पम्फा भुसाल « Khabarhub

राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष अझै बाँकी छ: पम्फा भुसाल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले अहिले पनि राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष बाँकी रहेको बताएकी छिन् ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको टेम्पो महिला चालक सम्मान कार्यक्रममा भुसालले यस्तो बताएकी हुन् । उनले नेपालको पहिलो महिला (फस्ट लेडी) राष्ट्रपति हुनुपर्ने धारणा राखिन् ।

मुलुकको प्रधानमन्त्रीकी श्रीमतीलाई फस्ट लेडी अर्थात् पहिलो महिला भन्नु तर्कसंगत नहुने उनको भनाइ छ ।

उनले नागरिकहरु मुलुकको हरेक अंगमा पुग्न सक्ने भन्दै सबै नागरिकलाई स्पष्ट रुपमा आफ्नो हैसियत प्राप्त गर्ने अधिकार रहेको बताइन् ।

कार्यक्रममा नेतृ भूषाल, अनेरास्ववियुका रञ्जित कर्ण लगाएतले महिला ट्म्पो चालकहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १ : ४३ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय