राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष अझै बाँकी छ: पम्फा भुसाल « Khabarhub

राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष अझै बाँकी छ: पम्फा भुसाल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ पम्फा भुसालले अहिले पनि राज्य तहमा भेदभाव र सामन्तवादको अवशेष बाँकी रहेको बताएकी छिन् ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको टेम्पो महिला चालक सम्मान कार्यक्रममा भुसालले यस्तो बताएकी हुन् । उनले नेपालको पहिलो महिला (फस्ट लेडी) राष्ट्रपति हुनुपर्ने धारणा राखिन् ।

मुलुकको प्रधानमन्त्रीकी श्रीमतीलाई फस्ट लेडी अर्थात् पहिलो महिला भन्नु तर्कसंगत नहुने उनको भनाइ छ ।

उनले नागरिकहरु मुलुकको हरेक अंगमा पुग्न सक्ने भन्दै सबै नागरिकलाई स्पष्ट रुपमा आफ्नो हैसियत प्राप्त गर्ने अधिकार रहेको बताइन् ।

कार्यक्रममा नेतृ भूषाल, अनेरास्ववियुका रञ्जित कर्ण लगाएतले महिला ट्म्पो चालकहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १ : ४३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति