राष्ट्रिय रोजगार सम्मेलन काठमाडौँमा हुने « Khabarhub

राष्ट्रिय रोजगार सम्मेलन काठमाडौँमा हुने


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ ।

राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौँमा गरिने भएको छ । उनले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने जानकारी दिए ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्र्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

“सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षता, क्षमता र सीपका आधारमा रोजगारीको सहमति गरिनेछ”, उनले भने, “बेरोजगार भएका युवालाई रोजगारी दिन सम्मेलनको आयोजना गरिएको हो ।”

सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को समेत सहकार्य हुनेछ ।

सम्मेलनको तयारीका लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : १२ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय