सामाजिक सञ्जालमा रिया चक्रवर्तीको पुनरागमन « Khabarhub

सामाजिक सञ्जालमा रिया चक्रवर्तीको पुनरागमन


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री रिया चक्रवर्तीले झण्डै ६ महिना पछि सामाजिक सञ्जालमा पुनरागमन गरेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आफ्नो आमालाई शुभकामना दिँदै एक तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार तस्वीरमा रियाको हात कुनै एक महिलाको हातमाथि देखिन्छ । उनले तस्वीर शेयर गर्दै आमालाई बधाई दिएकी छन् ।

‘हामीलाई महिला दिवसको शुभकामना…आमा र म, जहिल्यै सँगै, मेरो हिम्मत, मेरो विश्वास, मेरो धैर्य, मेरी आमा ।’ उनले लेखेकी छन् ।

लामो समयपछि सामाजिक सञ्जालमा पुनरागमन गरे पनि उनीप्रति अभिनेता सुशान्त सिंह राजपूतका फ्यानको रिस कम भएको छैन । उनको यो तस्वीर हेरेपछि सुशान्तका फ्यान निकै रिसाएका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूत र रिया लामो समय डेटमा थिए । तर अभिनेताले आत्महत्या गरेपछि उनका फ्यानको रिस रियाप्रति सोझिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : ५० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट