नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण « Khabarhub

नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण गरेको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कक्षा ८ का छात्रालाई साइकला वितरण गरेका हुन् ।

प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत यस वर्ष २० हजार छात्रालाई साइकल वितरण लक्ष्य राखेको छ ।

आज कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका २७ वटा सामुदायिक विद्यालयका पन्ध्र सय छात्रालाई साइकल वितरण गरेको कार्यक्रमकी संयोजक प्रियका यादवले जानकारी दिइन् ।

एसिड पीडित साहलाई सम्मान

यसैबीच नारी दिवसको अवसरमा प्रदेश २ सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई सम्मान गरेको छ ।

मधेस भवनमा आयोजना गरेको छात्राहरुलाई साइकल वितरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रदेश सरकारले उनलाई मुख्यन्यायधिवक्ताको कार्यालयमा करारमा सहयोगीको जागिर समेत दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : ५९ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ