‘नेपाल टप म्युजिक अवार्ड’को तयारी | Khabarhub Khabarhub

‘नेपाल टप म्युजिक अवार्ड’को तयारी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली गीत संगीतको प्रचारप्रसार गर्दै स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्यले युथ ग्रुप नेपालले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ ।

आयोजकले सोमबार एक विज्ञप्ती जारी गर्दै अवार्डको सबै विधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । अवार्ड आगामी वर्षको असारमा हुनेछ ।

‘नेपालको शान, गीत संगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६, ०७७ चैत्र मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन पाउनेछन् ।

अवार्डमा सुगम संगीत, पप संगीत, लोक दोहोरी,  अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिकतर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिब तीन दर्जन बढी विधा छन् ।

संस्थाका अध्यक्ष अशोक क्षेत्रीले अवार्डमा लामो समय गीतसंगीतमा बिताएका श्रष्टा तथा रंग पत्रकारलाई नगदसहित सम्मान गरिने बताए । उनका अनुसार अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन जेठमा सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ५५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर