‘नेपाल टप म्युजिक अवार्ड’को तयारी « Khabarhub

‘नेपाल टप म्युजिक अवार्ड’को तयारी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली गीत संगीतको प्रचारप्रसार गर्दै स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्यले युथ ग्रुप नेपालले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ ।

आयोजकले सोमबार एक विज्ञप्ती जारी गर्दै अवार्डको सबै विधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । अवार्ड आगामी वर्षको असारमा हुनेछ ।

‘नेपालको शान, गीत संगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६, ०७७ चैत्र मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन पाउनेछन् ।

अवार्डमा सुगम संगीत, पप संगीत, लोक दोहोरी,  अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिकतर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिब तीन दर्जन बढी विधा छन् ।

संस्थाका अध्यक्ष अशोक क्षेत्रीले अवार्डमा लामो समय गीतसंगीतमा बिताएका श्रष्टा तथा रंग पत्रकारलाई नगदसहित सम्मान गरिने बताए । उनका अनुसार अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन जेठमा सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ५५ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग