२० वर्षको धाक दिने प्रचण्ड २० महिनामै धुलोपिठो भए : विप्लव « Khabarhub

२० वर्षको धाक दिने प्रचण्ड २० महिनामै धुलोपिठो भए : विप्लव


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले छाडेको २० महिना नहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलोपिठो भएको टिप्पणी गरेका छन् ।

कपिलवस्तुको शिवगढी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० वर्ष मलाई कसैले हल्लाउन सक्दैनन् । तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो ।’

प्रचण्ड र बाबुरामले गलत बाटो चालेको उनको आरोप छ । प्रचण्डले माधव नेपाल नभएको भए आफू सकिसक्ने तर्क गर्दै प्रचण्ड हिँडेको बाटो ठिक थिएन भने ।

‘ओली र प्रचण्ड मिल्दा जनताले सुखी भएर दुई तिहाई पनि दिनुभयो’ उनले भने, ‘सरकार बनाएको एक वर्षपछि उहाँहरुको लडाईँ शुरू भयो। जनताको बिषयमा मात्रै होइन । मेरो मान्छे किन नराखेको भन्दै आफ्नो भागको लडाई भइरहेको छ ।’

आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक-अर्काविरुद्ध खनिएको उनले बताए ।

उनले अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा भएको बताए । न्यायको लागि संघर्ष गर्न डराउन नहुने उनले तर्क थियो ।

‘प्रचण्ड कमरेडसँग छुटेर आउँदा मलाई साथीहरुले दाई लडाईँ भयो भने मान्छे मर्छ भन्नुहुन्थ्यो, उनले भने, ‘मान्छे जो कोही पनि मर्छ। तर, अन्यायमा परेर मर्नु भन्दा न्याय बुलन्द गरेर नै मर्नुपर्छ।’ न्यायको कुरा गर्ने मान्छे कहिल्यै मर्दैन । पार्टीलाई प्रतिबन्ध गरेपछि घरघरमा पुगेर हामीलाई दमन गर्यो । अन्यायले सीमा नाघेपछि मृत्यु पनि प्रिय हुन्छ । सत्य बुझेपछि डर भाग्छ।’

जनयुद्धमा अत्याचारमा परेका व्यक्तिहरुको विरुद्ध सरकार लागेको उनले दाबी गरे । सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनको भनाइ छ ।

उनले आफूहरुलाई प्रतिबन्ध गरेर सरकारले अन्याय गरेका बताए । ‘हामीलाई प्रतिबन्ध लगाउने कुरा सत्य थियो ? हाम्रो पार्टीको कार्यकर्तालाई समातेर गोली हान्ने कुरा सत्य थियो ? हाम्रो पार्टीका नेतालाई समातेर गोली हानेर मार्नु के सत्य थियो ?’ उनले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ०४ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच