२० वर्षको धाक दिने प्रचण्ड २० महिनामै धुलोपिठो भए : विप्लव « Khabarhub

२० वर्षको धाक दिने प्रचण्ड २० महिनामै धुलोपिठो भए : विप्लव


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले छाडेको २० महिना नहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलोपिठो भएको टिप्पणी गरेका छन् ।

कपिलवस्तुको शिवगढी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० वर्ष मलाई कसैले हल्लाउन सक्दैनन् । तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो ।’

प्रचण्ड र बाबुरामले गलत बाटो चालेको उनको आरोप छ । प्रचण्डले माधव नेपाल नभएको भए आफू सकिसक्ने तर्क गर्दै प्रचण्ड हिँडेको बाटो ठिक थिएन भने ।

‘ओली र प्रचण्ड मिल्दा जनताले सुखी भएर दुई तिहाई पनि दिनुभयो’ उनले भने, ‘सरकार बनाएको एक वर्षपछि उहाँहरुको लडाईँ शुरू भयो। जनताको बिषयमा मात्रै होइन । मेरो मान्छे किन नराखेको भन्दै आफ्नो भागको लडाई भइरहेको छ ।’

आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक-अर्काविरुद्ध खनिएको उनले बताए ।

उनले अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा भएको बताए । न्यायको लागि संघर्ष गर्न डराउन नहुने उनले तर्क थियो ।

‘प्रचण्ड कमरेडसँग छुटेर आउँदा मलाई साथीहरुले दाई लडाईँ भयो भने मान्छे मर्छ भन्नुहुन्थ्यो, उनले भने, ‘मान्छे जो कोही पनि मर्छ। तर, अन्यायमा परेर मर्नु भन्दा न्याय बुलन्द गरेर नै मर्नुपर्छ।’ न्यायको कुरा गर्ने मान्छे कहिल्यै मर्दैन । पार्टीलाई प्रतिबन्ध गरेपछि घरघरमा पुगेर हामीलाई दमन गर्यो । अन्यायले सीमा नाघेपछि मृत्यु पनि प्रिय हुन्छ । सत्य बुझेपछि डर भाग्छ।’

जनयुद्धमा अत्याचारमा परेका व्यक्तिहरुको विरुद्ध सरकार लागेको उनले दाबी गरे । सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनको भनाइ छ ।

उनले आफूहरुलाई प्रतिबन्ध गरेर सरकारले अन्याय गरेका बताए । ‘हामीलाई प्रतिबन्ध लगाउने कुरा सत्य थियो ? हाम्रो पार्टीको कार्यकर्तालाई समातेर गोली हान्ने कुरा सत्य थियो ? हाम्रो पार्टीका नेतालाई समातेर गोली हानेर मार्नु के सत्य थियो ?’ उनले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ०४ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय