एमाले र माओवादी अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय (भिडियोसहित) « Khabarhub

एमाले र माओवादी अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय (भिडियोसहित)


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आ-आफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको बताए । खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्‍यो ।’

यसैगरी माओवादी र एमाले अलग भएर जाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने,‘अदालतको फैसलाप्रति गम्भिर छौं । माओवादी र नेकपा एमाले बन्ने नै भयो, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने भयो । नयाँ ढंगको एकीकरणको पहल भयो भने त्यही ढंगको भयो । माओवादी र नेकपा एमालेको प्रक्रिया अघि बढ्नेछ । यद्यपी निर्वाचन आयोगले पत्र लेखेपछि आयोगमा गएर नै प्रक्रिया प्रारम्भ हुन्छ ।’

हेरौँ भिडियो

उनले भने,‘ हिजो सर्वोच्च अदालतले नेकपाका सन्दर्भमा गरेको फैसलाबारे गम्भिर छलफल भयो । सर्वोच्चको फैसला रिट निवेदक मागभन्दा बाहिर गएर राजनीतिक फैसाल गरेको छ । नामका बारेमा निष्कर्ष निकाल्ने वा आदेश गर्नुपर्ने जिम्मेवारी हुँदाहुँदै बाहिर गएर फैसला गरिएको छ ।’

राजनीतिक पार्टीलाई विभाजन गर्ने फैसलाप्रति गम्भिर असहमति रहेको उनले बताए । उनले भने, ‘राजनीतिकरणमा दृष्टिकोण राख्ने र कानूनी ढंगले पनि उपुयुक्त उपचार खोज्नेछौँ।’

बैठकले २०७५ जेठ ३ गते भएको एकीकरणपछि निर्माण भएको नेकपाको उद्धेश्यका बारेमा गम्भिरताका पूर्वक अघि बढ्ने संकल्प गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु सहभागी थिए। नेकपा नामसम्बन्धी विवादमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै कट्टेललाई नाम दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : १५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय