नेकपा (एमाले) सबैलाई समेटेर अघि बढ्छ : मन्त्री ढकाल « Khabarhub

नेकपा (एमाले) सबैलाई समेटेर अघि बढ्छ : मन्त्री ढकाल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

पुनःस्थापित नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको शुभारम्भ गर्दै उनले वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय तह र सङ्घीय निर्वाचनका लागि नयाँ जनादेशमा जान तयारी शुरु गरेको विचार व्यक्त गरे ।

मन्त्री ढकालले एमालेले संसदमा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखे ।

उनले निर्वाचनका समयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विजयी भएकाले प्रतिपक्षका नेतालाई प्रधानमन्त्री बनाउन पहल गर्नु जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाट तीन वर्ष सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न गरेको आरोपसमेत लगाए ।

विराटनगर–११ स्थित पार्टीको पुराना कार्यालयमा नयाँ बोर्ड लगाई आजदेखि एमालेको कार्यालयको शुभारम्भ गरिएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ३८ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा