स्वार्थका खातिर सनातन धर्मलाई कमजोर बनाइएको अध्यक्ष थापा आरोप « Khabarhub

स्वार्थका खातिर सनातन धर्मलाई कमजोर बनाइएको अध्यक्ष थापा आरोप


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाइएकाले दुश्कर्महरू अझ बढेर गएको बताएका छन् ।

सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरू अझ बढेर गएको उनको तर्क थियो ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा नारी दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न बहाना र अनेकौं स्वर्थका खातिर कमजोर बनाउँदै लगिएको बताए ।

उनले महिलामाथि हिंसा, बलात्कारलगायत कार्यले प्रश्रय पाएको बताउँदै परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले अगाडि बढ्ने ठोकुवा पनि गरे।

राप्रपाले आगामी वैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ५५ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा