बी डिभिजन लिग फुटबल : सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम « Khabarhub

बी डिभिजन लिग फुटबल : सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।

सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २-१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे ।

सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए । खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता बनाएको थियो ।

खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई २-१ को जित दिलाए ।

मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवासमेत भईसकेको छ ।

मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : ५७ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय