दोहोरो सुविधा नलिने अख्तियार प्रमुख आयुक्त राईको घोषणा « Khabarhub

दोहोरो सुविधा नलिने अख्तियार प्रमुख आयुक्त राईको घोषणा


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने घोषणा गरेका छन् ।

प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका हुन् ।

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छन्।

निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : ५५ बजे

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन