रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टसको जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टसको जित


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ए मा युभेन्टसले जित हात पारेको छ ।

बुधबार राति सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-१ गोलले पराजित गरेको हो ।

युभेन्टसका लागि रोनाल्डोले खेलको १३औँ मिनेटमा नै गोल गर्दै शुरुवाती अग्रता दिलाएमा ७३औँ मिनेटमा डिबालाले गरेको गोल निर्णायक भयो ।

नापोलीका लागि भने लोरेन्जो इनसाइनले खेलको ९०औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एक गोल फर्काए ।

जितसँगै युभेन्टस सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको २९ खेलमा ५९ अंक भएको छ । पराजित नापोली २९ खेलमा ५६ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : ५० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल