विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा « Khabarhub

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताएका छन् ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रस्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले सो कुरा बताएका हुन् । 

कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो । 
    
त्यस अवसरमा एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका नागरिकबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराएका थिए। 

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपाङ्ग महासङ्घका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफलमा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसको सुरक्षा र उद्धारका लागि कांग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गराएको थियो । 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ७ : ५१ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद