कुमारी बैंकको २० औं वार्षिकोत्सव : मन्दिर सरसफाइ तथा हरियाली संरक्षण « Khabarhub

कुमारी बैंकको २० औं वार्षिकोत्सव : मन्दिर सरसफाइ तथा हरियाली संरक्षण


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ।

बैंकले आफ्नो प्रदेश– २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ। यसै सन्दर्भमा मिति २०७७ चैत्र २१ गते बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेको छ।

यस्तै, राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेको छ।

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो।

यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– २मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै