पत्रकार महासंघको निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता कायमै « Khabarhub

पत्रकार महासंघको निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता कायमै


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता कायम राखेको छ।

महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्माको प्यानल प्रतिस्पर्धामा छन्। यस्तै स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ। लुम्विनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरुमा पनि पोखरेल प्यानलकै अग्रता छ।

भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ। गण्डकीका जिल्लाहरुमा प्रतिस्पर्धा छ।

प्रदेश १

धनकुटामा मतगणना सकिएको छ। जहाँ विपुल पोखरेलले ८३, निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत प्राप्त गरेका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत ल्याएका छन्।

महासचिवमा रोशन पुरीले ७६, बाकलकृष्ण बस्नेतले ३३ र सुबोध गौतमले ६ मत प्राप्त गरेका छन्। धनकुटामा पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि देखिएका छन्।

उदयपुरमा सम्पन्न मतगणनाअनुसार विपुल पोखरेलले ४४, निर्मला शर्माले ३८ र गजेन्द्र बुढाथोकीले १० मत प्राप्त गरेका छन्। वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ५६ र माधव नेपालले २२ मत पाएका छन्। महासचिवमा रोशन पुरीले ४८, बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन्।

सोलुखम्बुमा पनि मतगणना सकिएको छ। जहाँ अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३२ र निर्मला शर्माले २५ मत पाएका छन्। ओखलढुंगामा पोखरेलले १८ मत ल्याउँदा शर्माले २५ मत प्राप्त गरेकी छन्। भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएका छन्।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ।

गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ। पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ।

रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका जिल्लाको मत गणना सकिएको छ। बझाङ, डोटी, डडेल्धुरा र दार्चुलामा गरी पोख्रेलले २०६ तथा शर्माले ११८ मत पाएकी छन्। बैतडी, बाजुरा र अछामको अन्तिम मत गणना अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरमा मत गणना सुरु हुँदै छ।

यसपालि पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो। बुधबार सम्पन्न मतदानमा देशभरका १३ हजारभन्दा बढी पत्रकारले जिल्लादेखि केन्द्रसम्मका उम्मेदवारलाई मतदान गरेका हुन्।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ११ : ३७ बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ