‘पारस’ र ‘माइतीघर २’को सुटिङ सँगसँगै « Khabarhub

‘पारस’ र ‘माइतीघर २’को सुटिङ सँगसँगै


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निजी क्षेत्रबाट निर्माण गरिएको नेपालको पहिलो फिल्म ‘माइतीघर’को नाम सापट लिएर नयाँ फिल्म ‘माइतीघर २’ निर्माण हुने भएको छ । फिल्म ‘माइतीघर’ सन् १९६६ मा निर्माण भएको थियो ।

यो फिल्मको नयाँ संस्करण ‘माइतीघर २’ अभिनेता भुवन केसीले निर्माण गर्दैछन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा भुवनपुत्र अनमोल केसी प्रमुख भूमिकामा हुनेछन् ।

‘माइतीघरको कथालाई नै छोएर माइतीघर २ को कथालाई अगाडि बढाउछौं । प्रेमकथाको फ्लेभर भएपनि नयाँ कथामा माइतीघरकै कथालाई गाँस्नेछौं’, भुवनले भने । भुवनले आगामी पन्ध्र दिनसम्ममा फिल्मका अन्य कलाकार फाइनल हुने बताए ।

भुवन होम प्रोडक्सनबाटै नयाँ फिल्म ‘पारस’ गर्ने तयारीमा थिए । तर अब उनी ‘पारस’ र ‘माइतीघर २’लाई सँगसँगै लैजाने योजनामा छन् ।

‘अर्को महिनाबाट पारसको सुटिङ सुरु गर्ने योजना थियो । अहिले माइतीघर २ लाई पनि हामीले नै बनाउने भयौं । तर ‘पारस’ र ‘माइतीघर २’ कुन पहिला फ्लोरमा जान्छ, यो हामीले कन्फर्म गरेका छैनौं’, भुवनले भने, ‘दुवै प्रोजेक्ट रेडी छ । जुन प्रोजेक्ट अगाडि गए पनि १०–१५ दिन ब्रेक लिएर दुवै फिल्मको सुटिङ सँगसँगै हुन्छ ।’

कोभिडको पछिल्लो बढ्दो त्रासका कारण लकडाउन नभइदिएको अवस्थामा एकदेखि डेढ महिनामा सुटिङ सुरु हुने उनले बताए ।

‘माइतीघर २’ सुबोध चोपडाको निर्देशन हुनेछ । अभिनेता अनमोल हालका दिनमा फिल्म ‘ए मेरो हजुर ४’को अन्तिम चरणको सुटिङमा व्यस्त छन् । भुवनका अनुसार चार दिनपछि ‘ए मेरो हजुर ४’को छायांकन सकिनेछ ।

‘ए मेरो हजुर ४’को सुटिङपछि अनमोल होम प्रोडक्सनको फिल्म ‘पारस’ र ‘माइतीघर २’को वर्कसपमा व्यस्त हुनेछन् ।

बीएस थापा निर्देशित फिल्म ‘माइतीघर’मा माला सिन्हा र सिपी लोहनीको प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्मको शीर्षगीत ‘माइतीघर’ नेपाली फिल्मका सदाबहादर गीत मानिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  २ : २५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय