बलात्कार मुद्दाका फरार तीनजना पक्राउ « Khabarhub

बलात्कार मुद्दाका फरार तीनजना पक्राउ


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् ।

जिल्ला अदालत मोरङले ०६८ मंसिरमा दिनेश शाहलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको छ । उनलाई प्रहरीले विराटनगर–१५ ढाटबाट पक्रेर अदालत बुझाएको छ । अवधेश र गणेशले चैत १६ मा कटहरी गाउँपालिका–१ मा एकजना महिलालाई बलात्कार प्रयास गरेर भागेका थिए ।

उनीहरूलाई धनकुटाको भेडेटारबाट पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको जिप्रका मोरङका प्रवक्ता (डिएसपी) मानबहादुर राईले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ५८ बजे

कञ्चनपुरको बजैनाथ मावि सङ्कटमा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बजैनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन,

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौं– सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक

पत्रकार महासङ्घको स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

दमौली– नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि