नेप्से २.७४ अंकले बढ्यो, ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको कारोबार « Khabarhub

नेप्से २.७४ अंकले बढ्यो, ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको कारोबार


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य वृद्धि भएको छ । शेयर कारोबार हुने हप्ताको अन्तिम दिन आज नेप्से २.७४ अंकले बढेर २६७४.३५ विन्दुमा पुगेको छ ।

बिहीवार बैंकिङ समूहको शेयर झण्डै दुई अंकले, विकास बैंकको २० अंकले, होटल तथा पर्यटनको २९, फाइनान्सको ३९, माइक्रोफाइनान्सको एक सय ६ र जीवन बीमा समूहको शेयर ९२ अंकले बढेको छ ।

बिहीवार २०७ कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

ग्रीन लाइफ हाइड्रो, ज्योति लाइफ इन्स्योरेन्सलगायत ६ कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : १४ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’