कोरोनाका कारण फ्रेन्च ओपन टेनिस एक सातापछि सर्‍यो | Khabarhub Khabarhub

कोरोनाका कारण फ्रेन्च ओपन टेनिस एक सातापछि सर्‍यो


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण फ्रान्समा फेरि लागू गरिएको लकडाउनका कारण फ्रेन्च ओपन टेनिस प्रतियोगिताको समय एक साता पछि सरेको छ ।

लकडाउनको अवधि समाप्त भएपछि दर्शकले स्टेडियममा बसेर खेल हेर्न पाउने अनुमति प्राप्त हुन सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण फेरि बढ्दै गएको अवस्थामा केही दिन प्रतियोगिताको समय पछि सार्नु नै उपयुक्त सावधानी हुने देखिएकाले यस्तो निर्णय लिइएको फ्रेन्च टेनिस फेडरेशनले जनाएको छ ।

रोलान्ड गर्रोसको नामले समेत परिचित यो ग्राण्डस्लाम प्रतियोगिता अब आगामी ३० मे देखि १३ जुनसम्म हुने छ । यसअघि यो प्रतियोगिता २३ मे देखि शुरू हुने तालिका तय भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र