बजार पूँजीकरण जीडीपीको हाराहारीमा « Khabarhub

बजार पूँजीकरण जीडीपीको हाराहारीमा


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) को हाराहारी हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार रु ३७ खर्ब दुई अर्ब ८१ करोड ८९ लाख ५० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्से र कूल गार्हस्थ उत्पादनको आकार झण्डै समान भएको हो । आज नेप्से २.७४ बिन्दुले उकालो लागेर दुई हजार ६७४.३५ मा पुगेको छ । नेप्सेका उचाइ पनि हालसम्मकै माथि हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२८ बिन्दुले घटेर ४७६.५१ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ३३ लाख ७६ हजार कित्ता शेयर रु छ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० मा कारोवार भएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.८९, होटल तथा पर्यटन २९.७९, विकास बैंक २०.६२, वित्त ३९.४३, लघुवित्त १०६.१३, जीवन बीमा ९१.९८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ३२.०१, जलविद्युत् २३.३३, निर्जीवन बीमा ६२.६३, उत्पादन २२.५१ र लगानी ०.४३ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड १३ लाख ४४ हजार ११३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल पूर्वाधार बैंक रु २५ करोड ५५ लाख २४ हजार १४९, नेपाल बैंक रु २४ करोड सात लाख २४ हजार ७३८, चन्द्रागिरि हिल्स रु २२ करोड ४४ लाख ११ हजार ८४४ र नबिल बैंक रु १८ करोड १७ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यसैगरी एनआइसी एशिया लघुवित्त ९.९४, ग्रीन लाइफ हाइड्रो ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.७९, मल्टिप्रपोज फाइनान्स ९.७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यसैगरी, युनिभर्सल पावर ४.४२, रसुवागढी हाइड्रोपावर ४.१७, अजोड इन्स्योरेन्स ३.६५, एनआइसी एशिया ग्रोथ फण्ड ३.५७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए । (रासस)

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा

एमालेको महाधिवेशन : देश बनाउने नेतृत्व छान्ने निर्णायक क्षण

नेकपा एमालेको एघारौँ महाधिवेशन शनिबारदेखि सुरू हुँदा देशको राजनीति एउटा