राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेका न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनलाई बिहीबार बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनु उनीप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताएकी छन् । सन्देशमा राष्ट्रपतिले उनको सक्षम नेतृत्व तथा भियतनामको विकास र समृद्धिका निम्ति उनले गरेका योगदानको सम्मान हो भनेकी छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको प्रधानमन्त्रीमा पाम मिन चिन बहाल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा भएको आफ्नो भियतनाम भ्रमणको स्मरण गर्दै दुई देशबीच विद्यमान सांस्कृतिक सामिप्यता र मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री चिनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ९ : १५ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब