ट्वीटरले लगायो राष्ट्रपति भण्डारीको ट्वीटमा सेन्सर « Khabarhub

ट्वीटरले लगायो राष्ट्रपति भण्डारीको ट्वीटमा सेन्सर


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा ट्वीटलाई ट्वीटरले बिना कारण सेन्सर लगाएको छ ।

राष्ट्रपति भण्डारीले गएको मार्च २४ का दिन गरेको ट्वीटमाथि ट्वीटरले सेन्सर लगाएको हो । राष्ट्रपतिको भेरिफाइड ट्वीटर ह्याण्डलबाट गरिएको यो ट्वीटमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको बारेमा जानकारी साझा गरेकी थिइन् ।

ट्वीटमा लेखिएको छ ‘बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमण सम्पन्न भएको छ । न्यानो र आत्मीय आतिथ्यका लागि महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री शेख हसिना, बंगलादेशी सरकार र जनतालाई हार्दिक धन्यवाद ! यस भ्रमणबाट हाम्रा दुई मुलुक र जनताबीचको घनिष्ट सम्बन्ध अझ प्रगाढ भएको छ ।’ यो ट्वीटमा त्यस्तो असामान्य र संवेदनशील कुरा केही पनि देखिँदैन ।

ट्वीटमा लेखिएको कुराको स्क्रिनशट लिएर फोटोको रुपमा पोस्ट गरिएको छ । यो ट्वीटलाई ट्वीटरले संवेदनशील सामग्री भएको भन्दै लुकाएको छ । यो ट्वीट यत्तिकै देखिँदैन र हेर्न चाहनेले हेर्ने सेटिङ अन गरेपछि मात्रै हेर्न मिल्छ ।

सामान्यतया विवादित, पुष्टि नभएका कुरा, जातीय, धार्मिक रुपमा सहिष्णुतामा खलल पुग्ने कुरा वा घाउचोट लागेका वा यस्तै संवेदनशील तस्वीरलाई यसरी लुकाइन्छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका केही विवादित ट्वीट ट्वीटरले यसरी लुकाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ५८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल