भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ को मृत्यु « Khabarhub

भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ को मृत्यु


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ ।

यस्तै त्यहाँ एकैदिन ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : २७ बजे

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित