इरान आणविक सम्झौतामा अमेरिका फेरि फर्कने संकेत « Khabarhub

इरान आणविक सम्झौतामा अमेरिका फेरि फर्कने संकेत


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भियना(एपी)- विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् ।

शुक्रबार शुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भब भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ ।

सन् २०१५मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौताले अमेरिकालाई कुनै हित नगर्ने भन्दै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सम्झौताबाट पछि हटेको सन् २०१८ मा घोषणा गरेका थिए ।

ट्रम्पले फेरि नयाँ सम्झौता गर्नु आवश्यक रहेको भन्दै इरानमाथि सन् २०१५ भन्दा पहिले लगाइएका प्रतिबन्धहरूलाई पुनः लगाइएको थियो ।

सम्झौताले इरानलाई आफ्नो आणविक कार्यक्रममा लगाइएको प्रतिबन्धको बदलामा आर्थिक प्रोत्साहनको प्रतिज्ञा गरेको थियो । ट्रम्प प्रशासनले तेहरानलाई नयाँ वार्तामा ल्याउने असफल प्रयासमा इस्लामिक गणतन्त्रमाथि ठूलो प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धले अहिलेसम्म निरन्तरता पाएको छ ।

अमेरिका सम्झौताबाट फिर्ता भएको बताएपछि इरानले पनि सम्झौताबाट क्रमशः पछि हटेको थियो । देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै युरेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ ।

यसले आर्थिक राहतका लागि फ्रान्स, बेलायत, रसिया र चीनसहितका सम्झौतामा रहेका विश्वशक्तिहरुलाई पनि दबाब दियो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले एक संयुक्त बृहत्तर योजनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताएका छन् ।

इरानले सम्झौतामा तोकिएका मापदण्डलाई अक्षरश पालना गर्नुपर्ने आवश्यक रहेको उनको धारणा रहेको छ ।

इरानले पनि आणविक बम उत्पादन गर्न नचाहेको बताएको छ तर यसका लगि वाशिङ्गटनले आणविक सम्झौता बाहेकका ट्रम्पको कार्यकालमा लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने बताएको छ ।

वार्ता अगाडि एक वरिष्ठ अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा अमेरिकी स्थितिबारे छलफल गर्न वाशिङ्गटन तयार रहेको र इरान पनि सहमतिहरू स्वीकार्ने राजनीतिक निर्णय गर्नुपर्ने बताए ।

ती अधिकारीले अप्रिलको सुरुमा सुरु भएको वार्ताको चौथो चरणले सफलता हासिल गर्ने हो कि भनेर भविष्यवाणी गर्न अस्वीकार गरेका छन् । तर इरानको जूनको राष्ट्रपति चुनाव अघि कुनै सम्झौतामा पुग्न सम्भव रहेको उनले बताए ।

अधिकारीले भने, “दुबै पक्षले के गर्नुपर्छ भन्ने कुराको रूपरेखा स्पष्ट छ । हामीलाई लाग्छे परिणामलाई परीक्षण पहिले बताउन नसकिने यो रकेट विज्ञान होइन ।”

अमेरिकी अधिकारीका अनुसार सफलता इरानले सन् २०१५ मा गरिएको मूल सम्झौताको शर्तमा हकदार भएभन्दा बढी माग नगर्नेमा निर्भर गर्दछ ।

वार्तामा इरानका प्रतिनिधि, उपविदेश मन्त्री अब्बास अरघाचीले बिहीबार आफ्नो देशको सरकारी समाचार संस्था  आइआरएनएलाई बताए अनुसार उनको टोलीले चाँडोभन्दा चाँडो एउटा सम्झौतामा पुग्न खोजिरहेको छ । तर त्यस्तो सम्झौता इरानको राष्ट्रिय हितमा हुनुपर्ने अडान छ ।

वार्तालाई ध्यानमा राख्दै रूसी प्रतिनिधि मीखाईल उल्यानोभले ट्वीट गर्दै भनेका छन्, “इरानी मन्त्रीको भनाइबाट सकारात्मक संकेत दखिएको छ ।“

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ४० बजे

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सा समेटिएको १०० रुपैयाँको

मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा

काठमाडौं- काठमाडौंका साघुँरा सडकमा असङ्ख्य सवारीसाधनको ठेलमठेल । त्यसैमाथि सडकको

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति