कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता « Khabarhub

कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिएको छ ।

डब्ल्युएचओले भरखरै मान्यता दिए पनि चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप चीनसहितका विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् ।

अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुमा यसअघि नै चिनियाँ खोप आकस्मिक प्रयोगका लागि भन्दै प्रयोगमा आइसकेको छ ।

डब्ल्युएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।

डब्ल्युएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले दाबी गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : २६ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले