कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता « Khabarhub

कोरोनाविरूद्धको चिनियाँ खोपलाई डब्ल्युएचओले दियो मान्यता


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई मान्यता दिएको छ ।

डब्ल्युएचओले भरखरै मान्यता दिए पनि चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले उत्पादन गरेको यो खोप चीनसहितका विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् ।

अफ्रिका, ल्याटिन अमेरिका र एसियाका गरिब देशहरुमा यसअघि नै चिनियाँ खोप आकस्मिक प्रयोगका लागि भन्दै प्रयोगमा आइसकेको छ ।

डब्ल्युएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।

डब्ल्युएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको बीबीसीले जनाएको छ । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले दाबी गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : २६ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र