कतारमा थप ६ सय जनामा संक्रमण, मृतक संख्या ५ सय नजिक « Khabarhub

कतारमा थप ६ सय जनामा संक्रमण, मृतक संख्या ५ सय नजिक


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो २४ घण्टामा थप ६०० जना नयाँ संक्रमित थपिएका छन् ।

योसंगै कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख १० हजार ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७,६९ र ७३ बर्षीय नागरिको मृत्यु भएको छ । योसंगै मृतकको सङ्ख्या ४९६ पुगेको

कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाइ सकेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१७ कोरोनालाई जितेर घर फर्किएका छन् । योसंगै कतारमा कोरोनाबाट  निको हुनेको संख्या १ लाख ९९ हजार ४४४ पुगेको छ ।

अहिले कतारमा १० हजार १३० वटा ‘एक्टिभ’ केस रहेका छन् भने ५५१ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये २७४ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म १७ लाख ६२ हजार ५४५ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निःशुल्क रुपमा खोप दिइरहेको छ ।

थप ३५७ जनालाई कारबाही

कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ३५७ जनालाई कारबाही गरिएको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार ३२६ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ५ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, २३ जनालाई सामाजिक दूरी कायम नगरेकोमा तथा बाँकी ३ जनालाई क्वारेनटाइन पूरा नगरी हिँडेकोमा कारबाही गरिएको जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ३६ बजे

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको