कोरोनाविरूद्धको उपचारमा चीनले नेपाललाई थप स्वास्थ्य सामग्री सहयोग गर्दै « Khabarhub

कोरोनाविरूद्धको उपचारमा चीनले नेपाललाई थप स्वास्थ्य सामग्री सहयोग गर्दै


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस महामारीविरूद्धको उपचारमा चीनले नेपाललाई थप स्वास्थ्य सामग्री सहयोगको प्रतिबद्धता जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पांच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसंग वैशाख दोश्रो साता भिडियो कन्फ्रेन्स हुँदा नेपाल कोरोना भाइरसको समस्याबाट जुधिरहेको भन्दै ९ करोड २० लाख बरावरको सहयोग तुरुन्त गर्ने प्रतिवद्धता जनाएका थिए ।

चीनले दिन लागेको अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११:३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।

“चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ”, उनले भने । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ५० बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले