प्रधानमन्त्रीले डाके मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक « Khabarhub

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डाकेका छन् ।

सोमबार र बिहीबार नियमित बस्दै आएको मन्त्रिपरिषद बैठक आज साँझ ५ पनि डाकिएको हो ।

बैठकका एजेण्डाबारे जानकारी नभए पनि वैशाख २७ को विश्वासको मत र विकसित राजनीतिक घटनाक्रमबारे ओलीले परामर्श लिन खोज्नु भएको हुन सक्ने एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गते संसदको ‘विशेष अधिवेशन’ आह्वान गरिएको छ ।

विश्वासको मत लिने मिति सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरूबीच आन्तरिक तथा बहुपक्षीय छलफलले तीव्रता पाएको छ ।

आजै कांग्रेसको संसदीय दलको बैठकसमेत बस्दैछ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ३५ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले