आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय « Khabarhub

आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।

वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउदैँ विज्ञप्ति निकालेर प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो ।

नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन–प्रसारण गरेका थिए ।

वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका र सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “पर्यटन विभागले हरेक आरोही दलको आरोहण गतिविधि, घटना र महत्वपूर्ण समाचारका लागि हरेक समूहका लागि एक/एक सम्पर्क अधिकृत खटाइएको छ । उनीहरुले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।”

आधिकारीक निकायबाट कुनै जानकारी प्राप्त नभएको अवस्थामा सरकारी निकायसँग समन्वय र सम्पर्क नगरी भ्रमपूर्ण र पर्वतारोही, पर्वतारोहीका परिवारमा त्रास फैलाउने गरी अपुष्ट सूचना प्रकाशन नगर्न तथा आधिकारिक निकायबाट प्रमाणित सूचना मात्रै प्रकाशित गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध पनि गरेको छ ।

साथै प्रतिकूल अवस्थामा रहेका पर्वतारोही र पदयात्रीलाई उद्धार गरी सुरक्षित गन्तव्यमा पुरयाइ आवश्यक व्यवस्थापन गर्न पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा कोभिड सङ्कट सहजिकरण एवम् समन्वय एकाइ गठन गरिएको मन्त्रालयले जनाएको छ ।

वसन्त यामको सगरमाथा आरोहण शुक्रबार साँझ कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जना शेर्पा समूहले रोप फिक्सिङ (सगरमाथामाको चुचुरोमा डोरी टाँग्ने) गरेपछि औपचारिक  रुपमा व्यावसायिक आरोहण शुरु भएको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन ।

यस पटकको आरोहणमा कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोडेर सगरमाथाको २५औँ पटक आरोहणको विश्वकीर्तिमान कायम गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ११ : ०५ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।