तीन दिन स्वाब सङ्कलन नहुने | Khabarhub Khabarhub

तीन दिन स्वाब सङ्कलन नहुने


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ ।

उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । उनले भने, “तीन दिनपछि पुनः सेवा सञ्चालन हुनेछ ।”

सेती प्रादेशिक अस्पतालमा भने स्वाब सङ्कलन जारी रहने जनाइएको छ । लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोरोना परीक्षणका लागि उपमहानगरपालिकाले निःशुल्क स्वाब सङ्कलन गरिरहेको र त्यसको परीक्षण सेती प्रादेशिक अस्पतालले गर्दै आइरहेको छ ।

सङ्कलन गरिएका सबै नमूनाको परीक्षण गरिएपछि उपमहानगरपालिकाले पुनः निःशुल्क स्वाब सङ्कलन कार्य सञ्चालन गर्ने जनाइएको छ । जिल्लामा कोरोना सङक्रमणदर बढेसँगै स्वाब दिनेको सङ्ख्या अत्यधिक बढेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ११ : २१ बजे

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय