यात्रुसँग बढी भाडा असुलेको आरोपमा ३ जना पक्राउ « Khabarhub

यात्रुसँग बढी भाडा असुलेको आरोपमा ३ जना पक्राउ


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट बढी भाडा असुलेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखका अनुसार कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको छ भने गौशालास्थित यातायात काउण्टरबाट दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुलेका थिए ।

शुक्रवार पक्राउ परेका दुई जनाले बसमा झापा र मोरङ जान चाहने यात्रुसँग ३ हजारदेखि ४ हजार ५ सय असुलेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १२ : २५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले